Friday, April 17, 2015

11:58 PM - No comments

प्रकाश अर्याल चुकुप्रकाश को गजल [ माता तिर्थ औंशी २०७२ मा लेखिएको ]

माता तिर्थ औंशीको हार्दिक शुभकामना ! सम्पूर्ण आमाहरुको आँखामा खुशी फर्किउन् !!

कथा होइन तिम्रो ब्यथा मुटु छुन्छ मेरो
सम्झे पछी ति कहानी आत्मा रुन्छ मेरो

मेची काली थर्काइ दिन्छ ढोल मादलले
विरहका गीत गजल कस्ले सुन्छ मेरो

न्याउली रुन्छे पाखा बसी कस्ले भर्छ लय
आमा तिम्रो भाका संगै आफ्नै धुन छ मेरो

चार तिर लालाबाला चिल्ली बिल्ली हुँदा
सहन शक्ति प्रदान गर्ने दैव कुन छ मेरो

- चुकुप्रकाश , भारत बाट

सम्झना सम्पूर्ण परिवारको !!

0 comments:

Post a Comment